प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने, धारा ७६ को ९५० अनुसार सरकार गठन प्रक्रिया थाल्ने ।

काठमाण्डौ, ६ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइ सरकार गठनको प्रकृया अगाडि बढाउने हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।
अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधि सभाका जुनसुकै सदस्यले बहुमत छ भन्ने आधार पेस गरेमा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन नसके स्वतः मध्यावधि चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
तपाइँको प्रतिक्रिया