प्रधानमन्त्री केपी शर्मा ओली ऊर्जा उत्पादनमा प्रतिबद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीले चुलोचुलोमा ग्यासको पाइपलाइन जडान, एक वर्ष्भित्र विद्युत् कटौतीको समाप्ति, हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहो¥याउनुभएको छ । माघि पर्वका अबसरमा शुक्रबार रंगशालामा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जति दिन प्रधानमन्त्री पदमा रहेपनि उदेश्य अनुसारको कार्य गरेरै छाड्ने धारणा राख्नुभयो । उहाले आफ्नो अथक प्रयासलाई हँसीमजाकमा नउडाउन सबैसित आग्रह पनि गर्नुभयो । कुरा काट्नेहरु काटिरहने भन्दै पछाडि नफर्की कार्य गर्ने बताउनुभयो । उहाले सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर ठड्याउन मात्र आफु सिंहदरबार नगएको स्पस्ट पार्नुभयो ।
भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने ध्येय रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया