प्रधानमन्त्री दाहाल शुक्रवार नवलपरासी आउने

बिबेक भण्डारी फागुन ५ , प्रधानमन्त्रि पुष्पकमल दाहाल शुक्रवार नवलपरासी आउनुहुने भएको छ। प्रधानमन्त्रि पुष्पकमल दाहाल नवलपरासी आउने भए पछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको देवचुलि नगरपालिकाको प्रगतिनगरमा आयोजन हुने प्रथम एतिहासीक देवचुलि महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्रि दाहाल नवलपरासी आउन लाग्नु भएको हो । देवचुलि उघोग बाणिज्य संघको आयोजनामा संञ्चालन हुन लागेको महोत्सवको उद्घाटन गर्न शुक्रवार नवलपरासी आउने प्रधानमन्त्रि दाहालको लागि सम्पुर्ण सुरक्षा व्यवस्था मिलाइ सकिएको इलाका जिल्ला प्रहरी कार्यल नवलपरासीले जनाएको छ। शुक्रवार नवलपरासीको देवचुलिमा आयोजना हुन लागेको माहेत्सवको तयारी पनि सकिएको छ । स्टल बुकिङ देखि बालउद्धान निर्माण लगायतका कार्यक्रमहरु सम्पन्न भई सकेको र शुक्रवार दिउसो २ बजे प्रधानमत्रि पुष्पकमल दाहालद्धारा उद्घाटन गर्ने कार्यक्रम रहेको देवचुलि उघोग बाणिज्य संघका अध्यक्ष एवम प्रथम एतिहासिक देवचुलि महोत्सवका संयोजक धर्मराज बस्यालले जानकारी दिनुभयो । महोत्सवको सम्पुण गतिविधि मुकुन्दसेन टेलिभिजनद्धारा प्रत्यक्ष प्रशारण गर्ने छ ।
तपाइँको प्रतिक्रिया