प्रधानमन्त्री निर्वाचनमा पार्टीका प्रधानमन्त्री उम्मेदवार सभापति कोइरालाको पराजयको जिम्मेवारी तीन बरिष्ठ नेताहरुले लिनु पर्ने:डा. रामशरण महत

नेपाली काग्रेसका केन्द्रीय सदस्यले प्रधानमन्त्री निर्वाचनमा पार्टीका प्रधानमन्त्री उम्मेदवार सभापति सुशील कोइरालाको पराजयको जिम्मेवारी तीन बरिष्ठ नेताहरुले लिनु पर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा डा. महतले तीन नेताहरुले गृहकार्य नै नगरी उम्मेदवारी दिदा पराजित हुनु परेको आरोप लगाउँदै अब राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा भने सहयोगी दलहरुसँग छलफल गरेर सहमतिको आधारमा उम्मेदवारी दिनु पर्ने बताउनुभयो । यद्यपि उहाले काग्रेसले प्रधानमन्त्री पदमा उम्मेदवार दिएकै कारण संविधानको विरोध गरिरहेका मधेसवादी दलहरु संबैधानिक प्रक्रियामा प्रवेश गरेकोले त्यो सकारात्मक भएको दावी गर्नुभयो । उहाले चारवटै पदमा उम्मेदवारी दिने जानकारी दिदै सहयोगी दलहरुसँग छलफल गरेर साझा उम्मेदवारको रुपमा पठाउने बताउनुभयो ।
उहाले संविधानको कार्यान्वयन निर्माण भन्दा पनि जटिल रहेको तर्क गर्दै मधेसीको माग संबोधन गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । डा. महतले काग्रेस सत्तामा वा प्रतिपक्षमा जेमा भएपनि प्रजातन्त्रको सुदृढिकरण, राष्ट्रियता, आर्थिक समृद्धि, लोकतान्त्रिक मुल्य मान्यताको लागि काम गर्ने स्पष्ट पार्दै यसलाई अप्ठ्यारोमा पार्ने कुनै काममा पनि काग्रेसले साथ नदिने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया