प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै, राष्ट्रपतिको कदमका सम्बन्धमा छलफल हुने

काठमाडौँ, असोज ५
प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।
बिशेष गरि बैठकमा नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमका सम्बन्धमा छलफल हुने बताईएको छ ।
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने समय सीमा गए राती १२ बजेबाट सकिएको छ ।
२० भदौमा सभामुखले बिधेयक पठाउनुभएको थियो तर मंगलबार अन्तिम सीमाअवधी मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण हुन सकेन ।
बैठकमा गठबन्धनको प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने बताईएको छ ।
तपाइँको प्रतिक्रिया