प्रधानमन्त्री प्रचण्डसँग रास्वपाका सभापति लामिछानेले आज भेट गर्दै

१४ चैत, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज भेट गर्ने भएका छन् ।
गठबन्धन दलहरूसँग छलफल गरी आजै सरकारलाई पूर्णता दिने तयारी गरिरहेका प्रधानमन्त्रीसँग रविले भेट्न लागेका हुन् ।
बालुवाटारमा मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका रविले आजै आफूले प्रधानमन्त्रीलाई भेट्न लागेको बताएका हुन् । उनले सरकारमा सहभागिताका सवालमा कुरा गर्ने संकेत गरे ।
रविले आफ्नो भन्दा पीडितहरूको कुरा पहिले प्रधानमन्त्री समक्ष राख्ने बताएकाछन् । उने थप्दै भने , ‘इमान भएको मान्छे सरकारमा जानुपर्छ । त्यसैले हामी जान लागेका हौँ ।’
गृह मन्त्रालयसहित यसअघिका मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको रास्वपा सभापतिले प्रधानमन्त्रीसँग छलफल जारी राखेको हो ।
आज ४ बजे गठबन्धन बैठक बस्दै छ । सहमति जुटे आजै सरकार विस्तारको तयारी प्रधानमन्त्री प्रचण्डले गरेका छन् । रास्वपा भने के गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
तपाइँको प्रतिक्रिया