प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा प्रस्थान

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणका क्रममा त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल नेपाल वायुसेवा निगमको जहाजबाट बिहान ११ बजे भारत गएका हुन् ।
दोस्रो पटक प्रधानमन्त्री बनपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमण दलमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता रहेको छ ।
भारतस्थित नेपाली राजदूतावस आयोजना हुने दिवा भोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था भारत सरकारले मिलाएको छ ।
प्रधानमन्त्री भदौ ३१ गते राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सहभागी हुने तथा सोही दिन भारतीय राष्ट्रपति प्रणम मुखर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसाग भेट वार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री असोज २ गते नेपाल फर्कने कार्यक्रम रहको छ ।
तपाइँको प्रतिक्रिया