प्रधानमन्त्री प्रचण्ड ले जेठको दोस्रो सातादेखि भारतको भ्रमण गर्दै

बैशाख ०६, काठमाण्डौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो सातादेखि भारतको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको तर त्यसको औपचारिक घोषणा हुन बाँकी रहेको छ । परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् । भारत भ्रमणको क्रममा जलविद्युत, दूरसञ्चार, शिक्षा, कृषि, स्वास्थ्य, पेट्रोलियम पाइपलाइन लगयातको विषयमा सहमति गर्ने तयारी रहेको बताईएको छ । ती एजेन्डामा प्रधानमन्त्री कार्यालयले सम्बन्धित विज्ञहरूसँग छलफल सुरु गरेको जनाईएको छ ।
तपाइँको प्रतिक्रिया