प्रधानमन्त्री ब्रिक्स सम्मेलन’मा

२९ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको गोवामा आयोजना हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीका प्रयास बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुने छ ।
तपाइँको प्रतिक्रिया