प्रधानमन्त्री सुशील कोइरालाद्वारा जारी अघोषित नाकावन्दी एक दुई दिनमै हट्ने दावी

प्रधानमन्त्री सुशील कोइरालाले जारी अघोषित नाकावन्दी एक दुई दिनमै हट्ने दावी गर्नुभएको छ । विभिन्न विद्यार्थीसंगठनहरुले दिएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालले नाका खुलाउने विषयमा भारतसँग कुटनीतिक छलफल भइरहेको भन्दै छिट्टै समाधान निस्कने दावी गर्नुभयो । उहाँले मधेस केन्द्रित दलहरुको माग वार्ता र संवाद मार्फत समाधान हुने भन्दै यसका लागि प्रमुख दलहरुले पहल गरिरहेको बताउनुभयो । विद्यार्थी संगठनहरुले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी प्रति ध्या
नाकर्षण भएको भन्दै प्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र बुझाएका हुन् । नेपालको राष्ट्रियता, सार्वभौमिकता माथि भारतले निरन्तर रुपमा खेलवाड गरेको र नेपाललाई अस्त व्यस्त बनाउन खोजेको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीसंगठनहरुले सरकारसँग आत्मनिर्भरताको दिर्घकालिन योजना ल्याउन समेत माग गरेका छन् ।
तपाइँको प्रतिक्रिया