प्रधानमन्त्री सुशील कोइरालासमक्ष नौबुँदे संशोधन प्रस्ताव पेस

कांग्रेस सभासद्ले प्रधानमन्त्री सुशील कोइरालासमक्ष नौबुँदे संशोधन प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटार पुगी व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेससम्बद्ध आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम सभासद्ले नौबुँदे संशोधन प्रस्ताव प्रधानमन्त्री कोइरालासमक्ष पेश गरेका छन् । प्रधानमन्त्री कोइरालालाई नौबु“दे संशेधन प्रस्ताव पेस गर्दै संविधानको भाग ३ मौलिक हक र कतव्र्यको धारा ४२ ‘ट’ मा स्थानान्तरण गर्नुपर्ने, आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न माग गरिएको छ । यसैगरी जनसंख्याका आधारमा राज्यको हरेक अंग, निकायमा समानुपातिक समावेशी सहभागिता हुने भनी संधोधन गर्नुपर्ने माग गरिएको छ ।
तपाइँको प्रतिक्रिया