प्रधानमन्त्री सुशील कोइरालाद्वारा आफ्नो पदबाट शनिवार राजीनामा

प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो पदबाट शनिवार दिएको राजीनामा राष्ट्रपति डा.रामवरण यादवले धारा २९८ बमोजिम स्वीकृत गरेका छन् । अर्को मन्त्रिपरिषद् गठन नभइञ्जेल यही मन्त्रिपरिषद्ले काम गर्न पनि उनले तोकेका छन् । नयाँ प्रधानमन्त्रीको लागि भोलि संसदमा चुनाब हुँदैछ । आफ्नो कार्यकालमा भएका कार्य सम्पादनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अन्य सदस्यहरुलाई राष्ट्रपतिले धन्यवाद दिएका छन् ।
तपाइँको प्रतिक्रिया