प्रवासी नेपालीले आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने : प्रधानमन्त्री

२ वैशाख, काठमाडौं ।
प्रवासमा रहेका नेपालीहरुलाई आफैं बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।
शुक्रबार भएको नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने उनको तर्क थियो । विदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
राजस्वमा उल्लेख्य सुधार गर्न राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरिएको पनि उनले बताए । आफू प्रधानमन्त्री बनेपछि सरकारी र निजि क्षेत्रको राम्रो समन्वयबाट कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने कुरामा जोड दिएको बताए ।
तपाइँको प्रतिक्रिया