प्रसौनी गा वि स वडा न ५ मा बाटो विस्तार

बिबेक भण्डारी १९,नवलपरासी जिल्लाको प्रसौनी गा वि स वडा न ५ मा स्थानिय तथा धारापानी सामुदायिक वनको आर्थिक सहयोगमा करिव १लाखको लागतमा बाटो विस्तार कार्य अगाडि बढाइएको छ । नवलपरासी जिल्ला अन्तरगत कावासोती, मध्य विन्दु नगरपालीका भए पनि चोरमारा स्थीत प्रशौनि गाविसमा स्थानिय आफ्नै सक्रियतामा बाटो विस्तार गदै आइरहेको छ । चालु अवस्थामा ३ किलो मिटर सम्म बाटो विस्तार गरेको र अबको आर्थिक वर्ष भित्र ५ मिटरको बाटोमा ३ मिटर थप गरि ८ मिटर बाटो निर्माण हुने प्रशौनि गा वि स वडा नम्बर ५का बाटो निर्माण व्यवस्थापनका अध्यक्ष बुद्धे कुमालले जानकारी दिनुभयो । बाटो विस्तार गर्न धारापानी सामुदायिक वन बाट २० हजार र स्थानियबाट ८० हजार संकलित गरी रु १ लाखको लागतमा बाटो निर्माण गरिएको समितिका कोषध्यक्षले सन्जु सापकोटाले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया