प्रस्तावलाई अगाडि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने

काठमाडौँ ८ , सभामुख ओनसरी घर्तीले अख्तियार प्रमुख लोकमानसिंह काकी विरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावमा सांसदहरुले विवेकपूर्ण निर्णय गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाले प्रस्तावलाई अगाडि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने पनि बताउनुभएको छ । सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले जनताले निर्वा्चित गरेका प्रतिनिधिहरुले जनताको आवाजलाई प्रतिनिधित्व गर्ने र विवेक प्रयोग गर्नेछन् भन्ने विश्वास लिएको बताउनुदै आफुले पनि कुनै कसर बाँकी नराखी प्रस्ताव अगाडि बढाउने वताउनुभयो । उहाले महाअभियोग प्रस्तावबारे राजनीतिक सहमति जुटाउन आफूले पहल गरिरहेको जानकारी पनि दिनुभयो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र निकट १३ विद्यार्थी संगठन आवद्ध संयुक्त विद्यार्थी आन्दोलन समितिले महाअभियोग प्रस्ताव संसदबाट छिटो पास गराउन दबावमुलक अभियान चलाउँदै आएको छ । बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर ज्ञापनपत्र बुझाउँदै आएका विद्यार्थीहरुले सोमबार सभामुखलाई भेटेका हुन् । मंगलबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिएका छन ।
तपाइँको प्रतिक्रिया