प्रहरीले स्कुटरलाई किच्ने बसको चालकलाई भगाएको भन्दै गैँडाकोटमा धर्ना

भृकुटी चोकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा घाइते अनिसा रानामगरको परिवारले मंगलबार इलाका प्रहरी कार्यालय गैँडाकोटमा धर्ना दिएका छन् ।
प्रहरी प्रशासनले पीडितलाई न्याए दिलाउन प्रभावकारी भूमिका नखेलेको भन्दै मृतकका आफन्तले नाराबाजीसहित कार्यालयमा धर्ना दिएका हुन् । सोमबार साँझ ७ बजे पश्चिम नेपाल चल्ने ना ५ ख ४३१३ नम्बरको बसले ना ४१ प २६७५ नं को स्कुटरमा सवार गैँडाकोटकी अनिसा रानामगरलाई ठक्कर दिएको थियो । बसको ठक्करपछि घाइते मगरको उपचारका क्रममा मृत्यु भएको हो ।
यातायात व्यवसायी पीडित सामु आएर छलफल गरी समस्या समाधानमा लाग्नुपर्नेमा भागेको उनीहरुको आरोप छ । प्रहरी कार्यालयमानै उपस्थित भएको ब्यवसायीलाई त्यहाँबाट प्रहरीले भगाएको उनीहरुको आरोप छ । आफन्तहरुले पीडितलाई न्याए दिलाउन प्रशासनले प्रभावकारी भूमिका नखेलेको बताएका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर जिसीले २४ घन्टाभित्र बस सञ्चालकलाई झिकाएर वार्तामा बसाउने सहमति गरी पीडितलाई न्याय दिलाउन आफू लागिपरेको बताए । कानुनले दिएको अधिकार बमोजिमको रकम पीडितलाई दिलाउन आफू तयार रहेको उनको भनाइ छ । त्यो भन्दा बाँकी पीडितले मागेको रकम उनीहरु बसेर मिलाउनु पर्ने उनले बताए ।
तपाइँको प्रतिक्रिया