‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्म नै भएको ठहर

काठमाडौं, असोज ६
‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाली फिल्म नै भएको ठहर गरेको छ ।
सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताउनुभयो ।
मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ भने १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।
नेपाली कम्पनीले निर्माण गरेका र नेपाली कलाकार, नेपाली प्राविधिकले काम गरेकाले विदेशी फिल्म भन्ने आधार नदेखिएका कारण यो बिशुद्ध नेपाली फिल्म नै भएको मन्त्रालयले ठहर गरेको हो ।
नेपाल चलचित्र विकास बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।
बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए ।
तपाइँको प्रतिक्रिया