प्रेस सेन्टर नवलपरासीको अध्यक्षामा पंगेनी चयन

विवेक भण्डारी,
नवलपरासी भदौ ३०,प्रेस सेन्टर नवलपरासीको पहिलो अधिवेसनले लक्ष्मी प्रसाद पंगेनीलाई अध्यक्षामा निर्विरोध चयन गरेको छ । विहिवार नवलपरासीको कावासोतीमा आयोजना गरेको अधिवेशनले ११ कार्य समिति गठन गरेको छ । जस्मा उपाध्यक्षमा भूमिस्वर शर्मा पौडेल , सचिवमा अजुर्न अविरल , सह सचिवमा अर्जुन कडेल , कोषाध्यक्षमा रञ्जु पाण्डे र सदस्यहरुमा रोशन सापकोटा , राम सुनार , गोविन्द नेपाली , अविनास काफ्लेलाई सदस्यमा निवार्चित गरेको हो । त्यस्तै प्रथम अधिवेसनले जिल्ला सल्लाहकारमा ३ जनालाई राखेको छ। जस्मा बालकृष्ण रानाभाट , दिपक सोती , दिपक भट्राईलाई सल्लाहकारमा चुनेको छ। त्यस्तै प्रदेश तथा केन्द्रिय प्रतिनिधिमा दिपक भट्राई , प्रितम भुजेल , सुर्य भट्राइलाई केनिद्रय प्रतिनिधिमा राखेको छ ।
तपाइँको प्रतिक्रिया