फेरी बर्डफ्लु देखियो, ८०० टर्कीमा संक्रमण पुष्टि

नवलपुर, १२ जेठ ।
काठमाडौंमा बर्डफ्लु देखिएको छ । ८ सय टर्कीमा संक्रमण पुष्टि भएको हो । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा सोमबार बर्डफ्लु संक्रमण पुष्टिपछि त्यस क्षेत्रका पन्छी नष्ट गरिएको छ । अस्वभाविक रुपमा टर्की मृत्युको सूचना पछि विभागले नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा रियलटाइम पीसीआर विधिबाट गरेको परीक्षण बर्डफ्लु पुष्टि भएको हो ।
तपाइँको प्रतिक्रिया