फोनिजको महाधिवेशन चैतमा

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को महाधिवेशन चैतमा हुने भएको छ । फोनिज केन्द्रीय समितिको बैठकले चैत २३ र २४ गते काठमाडौंमा छैठौँ संघीय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।
साथै महाधिवेशन तयारीका लागि आयोजक, सल्लाहकार, आर्थिक व्यवस्थापन लगायतका समिति गठन गरिएको फोनिजले जनाएको छ ।

तपाइँको प्रतिक्रिया