फोनिज नवलपरासीको दोस्रो जिल्ला अधिवेशन चैत्र २३ गते हुने

कावासोती १७ ,आदिवासी जनजाति पत्रकार महासंघ फोनिज नवलपरासीको दोस्रो जिल्ला अधिवेशन चैत्र २३ गते हुने भएको छ । आदिवासी जनजाति पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा आज कावासोतीमा बसेको वैठकले आदिवासी जनजाति पत्रकार महासंघ नवलपरासी फोनिज नवलपरासीको अधिवेशन चैत्र २३ गते गर्ने निर्णय गरेको हो । अधिवेशन कावासोतीमा हुने जनाइएको छ । त्यस्तै अधिवेशनको लागि जिल्लामा रहेको आदिवासी जनजातिका पत्रकारहरुका लागि सदस्यता खुल्ला गरेको फोनिज नवलपरासीका सचिव इतराज गुरुङले बताउनुभयो । नवलपरासीमा ५५ जना भन्दाबढी आदिवासी जनजातिका पत्रकारहरु क्रियाशिल रहेका छन् ।
तपाइँको प्रतिक्रिया