फोहोर मैला ब्यवस्थापनका लागी विद्यालयहरुमा डस्टबिन बितरण

दिपक शर्मा,नवलपरासी
युवा साझेदारी कार्यक्रम २०७२÷०७३ अन्तर्गत बिधालयहरुमा फोहोर मैला ब्यवस्थापन गर्नको लागि ८ बिधालयमा १०० डस्टबिन बितरण गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका कोषाध्यक्ष बिकास कुमार केसी,देबचुली नगरपालिकाका बाताबरण बिद् ध्रुब आचार्य र डस्टबिन पाउने सबै बिधालयका शिक्षक र बिधार्थीहरुको उपस्थित रहेको थियो । बिधार्थीहरुलाई बाताबरणमैत्री स्थानीय शासनको बारेमा जानकारी दिन र आफ्नो बाताबरण आफै सरसफाई गर्न उत्प्रेरित गर्ने उद्धेश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको हो । देबचुली नगरपालिकामा बाताबरणमैत्री स्थानीय शासन कार्यक्रम सुरु भएको छ र अब छिटै नै सबै वडाहरुमा बाताबरणमैत्री टोल र वडा बनाउने कामहरु सम्पन्न गर्ने गरि कामहरु सुरु गरिएको कुरा बाताबरणबिद् ध्रुब आचार्यले बताउनु भयो । बालबालिकाहरुलाई खेलकुदको साथमा बाताबरण सँरक्षण र ब्यक्तिगत सरसफाईमा पनि सहयोग गर्नुपर्ने कुरामा जिल्ला खेलकुद बिकास समिती कोषाध्यक्ष बिकास कुमार केसीले बताउनु भयो । कार्यक्रममा ८ बिधालयहरुका शिक्षक,बालक्लवका प्रतिनिधी र अन्य सरोकारवालाहरु समेत गरि १०० जनाको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया