फ्रान्सेली नागरिकको प्रसुती नवलपरासीको पितौजिमा , शिशुको नाम नै खुशी पितौजी

बिबेक भण्डारी माघ २५ , नवलपरासीको गैडाकोट नगरपालि ११ पितौजिमा रहेको पितौजि स्वास्थ्य चौकिमा फन्सेली नागरीकले बच्चा जन्माउन सफल भएकि छिन । २ वर्ष अगाडि नेपाल अधिराज्यको भ्रमण गर्न निस्कीएकि फ्न्सकी ३० वर्षिय अन्नाको सोमवार पितौजी स्वास्थ्य चौकिमा सफलता पुर्वक प्रसुती भएको स्वास्थ्य चौकिका प्रमुख यमबहादुर क्षेत्रीले जानकारी दिनुभयो उहाका अनुसार विदेशि नागरीक अन्ना २ पटक सम्म स्वास्थ्य केन्द्रमा गर्भवति परिक्षण गर्न आएकि अन्नाका श्रीमान फियाले पितौजि स्वास्थ्य केन्द्रमा नै प्रसुती गराउने भने पछि चिकित्सक टोलिले सफलता पुर्वक सोमबार १ः४५ बजे छोरा जन्मिएको स्वास्थ्य चौकिले जानकारी दिएको छ।आफ्नो श्रीमान संग २ वर्ष अगाडि नेपाल भ्रमणमा आएकी अन्ना तिन महिना मात्र अगाडि नवलपरासीको सिख्रोलीमा आएकि र स्थानिय हरिकला आलेले अन्नालाई अफ्ट्यारो भएको महशुस भएको देखेर आफ्नो घरमा लगेर राखेको स्थानिय हरिकला आलेले जानकारी गराउनुभयो । फन्सबाट आएकि अन्नाको प्रसुति सेवा सफलता पुर्वक गर्न सकेकोमा आफुहरु खुशी भएको स्वास्थ्य चौकिका प्रमुख यमबहादुर क्षेत्रीले बताउनुभयो । ३० वर्षिय अन्नाकोे सिनियर अनमी गोमा पाण्डे र अनमी निसा महतोले सफलता पुर्वक प्रसुति गराएका थिए । विदेशि महिला तथा उनका श्रीमान २ वर्ष अगाडि आए पनि उनका घर परिवार भने आजै नवलपरासी आएका छन । परिवारले अन्नाको प्रसुती पितौजिमा भएको भन्दै शिशुको नाम नै खुशी पितौजि राख्ने उनले बताइन ।
तपाइँको प्रतिक्रिया