बंगलादेशबाट गोताखोर ल्याइदैन : गृहमन्त्री विमलेन्द्र निधि

११ असोज, चितवन , गृहमन्त्री विमलेन्द्र निधिले त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा बंगलादेशबाट गोताखोर नल्याइने बतायनुभएको छ । सोमबार यातायात मन्त्री रमेश लेखकले घटनास्थलको अवलोकन गरेपछि बंगलादेशबाट गोताखोर ल्याएर भए पनि घिमिरेको खोजी गर्ने बताउनुभएको थियो । मन्त्री लेखकको बिफ्रिङपछि प्रधानमन्त्री प्रचण्डले पनि आवश्यक परे बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्ने बताए पनि मंगलबार सुरक्षा प्रमुखसहित चितवन दाह्रचोकको घोप्टेभिर पुगेका गृहमन्त्री निधिले भने बंगलादेशका गोताखोरभन्दा नेपालका सुरक्षाकर्मी र माझीहरु नै सक्षम रहेको बताउनुभयो । मन्त्री निधिले पत्रकारहरुसँग कुरा गर्दै नेपाली नदीनालाबारे उनीहरुलाई जानकारी नभएको हुदा खोजिकार्य नेपाली सुरक्षा निकाय र माझीहरुको सहयोगमा खोजी कार्य गर्नुको कुनै विकल्प नभएको वताउदै दुई सयको संख्यामा सुरक्षाकर्मी र स्थानीय माझी परिचालन गरिएका कारण घिमिरेको अवस्था पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । पूर्वगृहमन्त्री घिमिरेको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री निधिले बताउनुभयो । मन्त्री निधिले दुर्घटनास्थलको अवलोकनपछि पूर्वगृहमन्त्री घिमिरेको उद्धार प्रयासको अवलोकन पनि गनुभएको थियो ।
तपाइँको प्रतिक्रिया