बजाजको भी १५ कावासोतीमा

बिबेक भण्डारी २७, चेकिङ अटो प्वाइन्ट बजाज सोरुमले बजाज ब्राण्डको १५० सी सीको भी १५ नया मोटर साइकल कावासोतीमा ल्याएको छ । सोरुमले सोमवार एक कार्यक्रमको आयोजना गरि सो मोटरसाइकल ल्याएको हो । विभिन्न सुविधा रहेको सो मोटर साइकलको बजार मुल्य २लाख ४ हजार ९सय रुपैया रहेको छ । मोटरसाइलमा उत्कृष्ट माइलेज भएको, मोटरसाइल डिसी लाइटिङ अर्थात कम स्पीडमा पनि पुरा प्रकाश दिने मुख्य विशेषता रहेको बजाज सोरुमले जनाएको छ । सोमवार नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष नारायण शर्मा र बजाज सोरुमका प्रोपाइटर राम लामिछानेले बाइकको सो गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया