बजेट अभावमा देवचुली क्षेत्रको पर्यटकीय पूर्वाधार विकासमा समस्या

नवलपरासी,१६ जेठ,
पर्याप्त बजेट अभावमा देवचुली क्षेत्रको पर्यटकीय पूर्वाधार विकासमा समस्या उब्जीएको देखिन्छ । स्थानीयको पहलमा नौ बर्ष देखि पूर्वाधार निर्माणको काम थालिएपनि सरकारी स्तरबाट पर्याप्त बजेट नपर्दा यहाँको पूर्वाधार विकासमा समस्या देखिएको छ । ऐतिहासिक , धार्मिक र पुरातातित्वक हिसावले देवचुली क्षेत्र महत्वपूर्ण मानिन्छ । सेनबंसीय राजा रुद्रसेनको दरवार रहेको रुद्रपुर गढी, गोलपोखरी शान्ति पार्क, मगर संग्राहलय १८ सय मिटर अग्लो स्थानमा गुफा, तीन कन्यामाईको मन्दिर यस क्षेत्रमा रहेको छ । प्राकृतिक सम्पदामा पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण रहेको देवचुली डाडाँपर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष पदमराज गिरीले वताउनुभयो । स्थानीय स्तरको पहलमा गुफा क्षेत्र सम्मपुग्ने सडक निर्माण, देवचुली डांडामा ( १९३६ मी अग्लो स्थानमा) दुई वटा भ्यूटावर निर्माण, गोलपोखरी शान्ति पार्क क्षेत्रमा बृक्षारोपण, गौतमबुद्धको प्रतिमा स्थापना गर्नेकाम भएको छ । सरकारी स्तरबाट पर्याप्त बजेट नपर्दा स्थानीयले अगाडि सारेको योजनाहरु पुरा हुन नसकेको अध्यक्ष गिरीले गुनासो गर्नुभयो । गोलपोखरीको निर्माणका लागि पर्यटन मन्त्रालयबाट रु. १५ लाख मगर संग्राहलय निर्माणका लागि रु सात लाख, भ्युटावर निर्माणका लागि रु १० लाख बजेट परेपनि बजेट पर्याप्त नहुदा धेरै काम अधुरो रहेको छ । पूर्व पश्चिम राजमार्गको दलदलेबाट २० किलोमिटरको यात्रा गरेपछि देवचुलीको फेदीमा पुग्न सकिन्छ । देवचुलीको फेदी बोझा पोखरी देखि देवचुलीको चचुरो सम्म पुग्नका लागि पदमार्ग निर्माण हुन नसक्दा घुम्न जानेहरु रुद्रपुर गढी, पार्क मात्र घुमेर फर्कनु परेको बोझा पोखरीका कुलबहादुर ठाडामगरले बताए । सरकारले तीन किलोमिटर क्षेत्रमा पदमार्गका लागि सिढीं निर्माण, मन्दिर निर्माण र गुफाको ब्यवस्थापनमा बजेट छुट्टाए यहाँ आन्तरिक र बाह्य पर्यटकहरु आउछन् ठाडाले भने –‘ पर्यटन सूचना स्रोत केन्द्र स्थापना यहाँको पहिलो आबश्यकता हो ’ ।
तपाइँको प्रतिक्रिया