बन्दका बेला बाताबणीय (ई) रेक्सा आम्दानीका लागि प्रभावकारी बन्दै

पुरुषोत्तम सुबेदी,नवलपरासी १३ पुस । बन्दका बेला बाताबणीय (ई) रेक्साले गर्न सफल भएका छन । लगातारको बन्दमा संयुक्त लोकतान्त्रिक मधेशी मार्चाले सवारी चलाउन रोक लगाए पछि ई रेक्सा चालकहरुलाई राम्रो पोशाएको छ । लगातारको परासी बन्द हुदा समेत ई रेक्साहरुले यात्रुलाई सेवा दिदै आएका छन । सदरमुकाम परासी देखि उत्तर निलो गेटबाट सुनवल परासी सडकमा रेक्साहरुले सेवा दिदै आएका छन । दैनिक एक हजार देखि १५ सय सम्म कमाई हुने रेक्सा चालकहरुले बताएका छन । निलो गेट देखि सुनवल सम्म ८ किलोमिटरको दुरीमा ई रेक्सा चालकहरुले पहिले पहिले एक सय ५० देखि २ सय सम्म भाडा लीने गरेकोमा हाल रेक्साको संख्या बढे पछि एक यात्रु संग १ सय भाडा लीने गरेका यात्रुहरुले बताएका छन । भाडा मंहंगो भए पनि सदरमुकाम आउने जाने यात्रुले भने सेवा पाएका छन । पछिल्लो समय मोर्चाले मोटर साईकल चल्न दिने निर्णय गरे पछि रेक्सा चालकहरुको आम्दानीमा केहि कमी आएको रेक्सा धनीहरुले बताएका छन । चार जना देखि ५ जना सम्म यात्रा गर्न मिल्ने सुबिधा जनक ई रेक्सा धनीहरुले बन्दको अबधिमा करीब ३ देखि ४ लाख कमाई गरी सकेको बताएका छन । पुर्ब पश्चिम राजमार्ग बन्द अबधि भर खुला रहेने गरेकाले बढि भाडा तिरेर भए पनि सरकारी काम लीएर सदरमुकाम परासी आउने जानेहरुलाई रेक्साले सुबिधा पुराएको छ ।
तपाइँको प्रतिक्रिया