बन्दको कारण नवलपरासी जिल्लाको जनजिवन प्रभावि

२७ जेठ, । विप्लव माओवादीले आवहान् गरेको बन्दको कारण नवलपरासी जिल्लाको जनजिवन प्रभावित वनेको छ । राजमार्ग आसपासका पसल , कारखाना , विद्यालय बन्द रहेका छन् भने भित्री गाउंका पसल , विद्यालय भने खुल्ला रहेका छन् । यसैविच राजधानीको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।नवलपरासीको गैडाकोट , रजहर , कावासोती , चोरमारा , बर्दघाट लगाएतका स्थानमा सडकमा वसेर वन्दकर्ताले यातायात र पसल वन्द गराएका छन् ।ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस अघि विहान कोटेश्वरमा एउटा ट्याक्सीमा बन्दकर्ताले आगजनी गरेका थिए । यसैबीच बन्द गराउँदै हिडेका २२ बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।
तपाइँको प्रतिक्रिया