बलगृहमा सर्वाङ्गणी विकास गर्न सुझाव

राजेन्द्र आचार्य
काठमाडौं ११ साउन । बालगृह भित्र रहेका बालबालिकाहरुलाई संरक्षण मात्रै नभई सर्वाङ्गणी विकासका लागि ध्यान दिन विज्ञहरुले सुझाव दिएका छन् ।
उनीहरु बलगृहले सर्वाङ्गणी विकासका लागि ध्यान नदिदा विभिन्न समस्या देखिएको भन्दै यस्तो सुझाव दिएका हुन् ।
बालगृह सञ्जाल नेपाल (सिनेट) को आयोजनामा रणनिति कार्यशाल गोष्ठी सहभागी विज्ञहरुले यस्तो बताएका हुन् ।
देशभर रहेका बालगृहमा रहेका बालबालिकाहरुको अधिकारका लागि दुई बर्ष रणनिति तयार गर्दै उनीहरुले सरकारद्धारा जारी गरि मापदण्ड अनुसार सञ्चालन गर्न नसकेका बालगृहलाई आवश्यक सुधारका लागि सरकारसगं माग समेत गरे । गोष्ठीमा राष्ट्र संघको दिगो विकास लक्ष्यसगं सम्बन्धी रहेर बालबालिकाको युवा विकासका लागि काम गर्नुपर्ने जोड दिईयो । सिनेटका अध्यक्ष माधव प्रधानको अध्यक्षतामा सुरु भएको कार्यशालमा डा.डम्बर बहादुर नेपाली, रविन नेपाली, खगेन्द्र नेपाल, सुमित्रा श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।
गोष्ठीमा १४ जना सहभागी छन् । देशभरका ५ सय ९० बालगृहरु सञ्चालनमा रहेको छन् ।
तपाइँको प्रतिक्रिया