बलात्कार आरोपमा आरोपित क्रिकेटर लामिछानेलाई आज अदालत उपस्थित गराईदै

काठमाडौं, असोज २४
बलात्कार आरोपमा आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई सोमबार अदालत उपस्थित गराईने भएको छ ।
सार्वजनिक विदाका कारण चार दिनअघि पक्राउ परेपनि सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन । दसैँ बिदा सकिए पश्चात आज सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराउन लागिएको हो ।
सन्दीप विदेशमा खेल खेलिरहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि उनी नेपाल फर्किएका थिए । सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका हुन् । आत्मसमर्पण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै उनलाई पक्राउ गरेको थियो ।
१७ वर्षीया एक किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाएकी छिन् । सोही आरोपमा उनी पक्राउ परेका हुन् । प्रहरीले सन्दीपलाई अधिकतम २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने छ ।
तपाइँको प्रतिक्रिया