बस्ति भित्रबाटै बिद्युत प्रशारण लाइन र निर्माणमा अबरोध

पौष २६ , कावासोती
देवचुली नगरपालिका वडा नम्बर ७ रामबासमा करिव ४० वर्ष देखि बस्दै आएका स्थानियहरु चिन्तामा छन् । यहाको ५ घरपरिवारको जग्गा विद्युत प्रशारण लाईनमा पर्ने भएसंगै चिन्तीत भएका हुन् । एक वर्ष अगाडि बेचेको जग्गा पास दिन खोज्दा बल्ल आफुहरुको जग्गामा प्रशारण लाईन पर्ने जानकारी भएको स्थानियले बताएका छन् । हेटौडा बर्दघाट प्रशारणलाइन उनीहरुको जग्गा भित्र पर्ने भएका कारण जग्गा रोक्का भएको स्थानीय श्याम बहादुर झेडीको भनाई छ ।
बिद्युत प्रशारण लाइनको लागि २०६८ सालमा सर्भे भएको थियो । सर्भे हुदा स्थानिय बासिन्दालाई घर बनाइदिने र जग्गाको क्षतिपुर्ति पनि पाइने, रोजगारी दिइने भनेर झुक्काएको स्थानियको भनाई छ । नगरको वडा नम्बर ७ र ८ को पुर्वमा रहेको देउसत खोलाको किनारमा टावर ठड्याएर त्यसबाट पश्चिम तर्फ टावर बनाउन लाग्दा स्थानियले विरोध गरेर काम अगाडि बढ्न दिएका छैनन् ।
विद्युत प्रशारण लाईन देबचुली नगरपालिका वडा नम्बर ७ र ८ को बस्तीभित्र परेको छ । जसको कारण १८ घरपरिवारको १२ विगाह क्षेत्रफल जग्गा रोक्का गरिएको छ । वस्ती नजिक वन क्षेत्र भएका कारण विकल्प भए पनि वस्तीबाटै विद्युत लैजानु सरकारकको लापरवाहि भएको देवचुली नगरपालीका वडा नं. ७ का वडाध्यक्ष भुपराज पाडकको भनाई छ ।
प्रशारण लाइन बस्तिवाट नलैजान माग गर्दै स्थानियहरुले २ वर्ष पहिला नै प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्रालय र बिद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा निबेदन दर्ता गराएको बताएका छन् । बिद्युत प्राधिकरण कावासोतीले भने निर्माणाधिन लाईनको काम अन्तिम चरणमा पुगेको हुदा टावर स्थानान्तरण गर्न आफुहरुको भुमिका नहुने दावि गरेको छ ।
तपाइँको प्रतिक्रिया