बाँझोबारी खानेपानी योजना सम्पन्न भए संगै ३५ घर धुरीका स्थानिय लाभान्वित

दयाराम आचार्य
नवलपरासी,कात्तिक ११
नवलपरासीको रकुवा गाविस १ मा रहेको बाँझोबारी खानेपानी योजनाका आज उद्धघाटन गरीएको छ ।
खानेपानी योजनको निर्माण सम्पन्न भए संगै रकुवा गावीस १ बाँझोबारीका ३५ घर धुरीका स्थानिय लाभान्वित भएका छन ।
यस अघि १ घण्टा भन्दा लामो बाटो हिडेर कुलोको पानि खादै आएका स्थानिय योजना सम्पन्न भएर पानि घर घरमा आए संगै खुसी भएका छन ।
योजनाको निर्माण सम्पन्न भए संगै आज एक कार्यक्रमको आयोजना गरी खानेपानी योजनाको उद्धघाटन गरीएको हो । उद्धघाटन कार्यक्रम बाँझोबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष बिर बहादुर वि.सी.को अध्यक्षता तथा सांसद जिवन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । उद्धघाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष रोशन बहादुर गाहा,जिल्ला सदस्य मिन लामा, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पदमा जिसी श्रेष्ठ,नेकपा एमाले क्षेत्र नम्बर २ का क्षेत्रिय अध्यक्ष सुर्य पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
खानेपानी योजना जिल्ला विकास समिति मार्फत सांसद विकास कोषको ६ लाख ५० हजार ९६१ रुपैया,रकुवा गाविसको ३९ हजार ४ सय रुपैया,उपभोक्ता बाट १ लाख रुपैया र अन्य ऋण रकम गरी कुल १५ लाख ८० हजार ४ सय ३० रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया