बागीश्वरी आध्यात्मिक विचार गोष्ठी सम्पन्न

गैँडाकोट, १८ मंसिर ।
श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमले शनिबार बागीश्वरी आध्यात्मिक विचार गोष्ठी सम्पन्न गरेको छ । आश्रम स्थिापनाको २५ वर्ष पुरा गरेको अवसरमा आश्रमले वागेश्वरी आध्यत्मिक विचार गोष्ठीको आयोजना गरि शनिवार रजत महोत्सवको शुभारम्भ समेत गरेको छ । भरतपुर – १, वागीश्वरी, देवघाटधाममा रहेको वागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको सभाहलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले वागेश्वरी प्रकृतिक चिकित्सालयलाई थप ब्यवस्थित गरेर लानु पर्ने बताउनु भयो । उहाँले पछिल्लो समयमा मानिसहरुको खानपान भिन्नैप्रकारले हुन थालेको बताउदै यसको व्यवस्थापनको लागि वागेश्वरी पा्रकृतिक चिकित्सालयलाई स्वास्थ्य सुधारका लागि थप ब्यवस्थित गरेर लानु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमले चिकित्सा, गौरक्षण, पर्यावरण र साहित्य क्षेत्रमा योगदना पु¥याउदै आएको छ । २५ वर्ष पुगेको अवसरमा आश्रमले केदार खनालको नेतृत्वमा स्मारिका प्रकाशन गर्ने योजना बनाएको छ । गोष्ठीमा देवघाट क्षेत्र विकास समितिका सचिव बद्री अधिकारी, विद्यान गुरुप्रसाद सुवेदी, नेपाल सरकार, पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुवर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा साहित्यकार डि आर पोखरेलद्वारा लिखित अग्रजहरुको जीवन संघर्ष नामक कृतिको लोकार्पण गरिएको थियो ।आश्रमका महासचिव भोजराज भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको विचार गोष्ठको उद्घाटन सत्रको संचालन साहित्यकार लक्ष्मण भण्डारीले गर्नुभएको थियो । गोष्ठि श्री वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रमका अध्यक्ष सैलेन्द्र कुमार पियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया