बागेश्वरी असल शासन बास नवलपुरद्धारा गैँडाकोटमा ६ सय थान माक्स वितरण

गैँडाकोट, १० असार ।
बागेश्वरी असल शासन बास नवलपुरले बिहिवार गैँडाकोटमा ६ सय थान सर्जिकल माक्स वितरण गरेको छ । गैँडाकोट नगरपालिकाका सञ्चार गृह, सुरक्षा निकाय तथा स्वास्थ्य निकायमा माक्स वितरण गरिएको अध्यक्ष बेद प्रसाद काफ्लले जानकारी दिनु भयो । गैँडाकोट स्वास्थ्य चौकि, इलाका प्रहरी कार्यालय गैँडाकोट, मुकुन्दसेन टेलिभिजन, विजय एफएम, संकेत एफएममा पुगेर माक्स हस्तान्तन्त्र गरिएको थियो । बागेश्वरी असल शासन बासको केन्द्रिय कार्यालयले संञ्चालन गरेको माक्स बैंक कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्रि वितरण गरिएको हो । बास नवलपुरका अध्यक्ष काफ्लले कोरोनाको दोश्रो लहरका बिरामि कम भए पनि फेरी तेस्रो लहर आउन सक्ने चिकित्सकहरुले बताईरहेकाले यस संक्रमणबाट जोगिन माक्स बलियो सुरक्षात्मक उपाय भएको बताउनु भयो । साथै बासले ७६ वटा जिल्ला शाखाहरु मार्फत भष्टचार विरुद्धको शुन्य सहनशिलताका लागि सधै आवाज उठाउदै आएको अध्यक्ष काफ्लले बताउनु भयो ।
भष्ट्राचार रहित समाज निर्माणको लागि बास नवलपुरले नगरको विकास निर्माणका काममा सधै निगरानि राखिरहेको र सचेतता फैलाउने काम गरिरहेको सचिव तेजेन्द्र रानाले बताउनु भयो । जिल्ला सदस्य शिव पौडेलले सामाजिक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्दै आएको बासले यतिखेर कोरोना संक्रमणले असहज बनेको परिस्थीतिमा माक्स वितरण गरेको बताउदै स्वास्थ्य क्षेत्रमा थप सहयोगका कार्यक्रमहरु गर्दै जाने बताउनु भयो । कोषाध्यक्ष प्रदिप चौधरीले कोरोना संक्रमणबाट बच्न सुरक्षात्मक उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गर्नु भयो ।
तपाइँको प्रतिक्रिया