बाघंको आक्रमणमा परि दुई जना घाईते

माघ- ३ कावासोती , जिल्लाको १६ डण्डामा बाघंको आक्रमणमा परि सोमबार दुई जना घाईते भएका छन् । घर नजिकैको जंगलमा घांस दाउरा खोज्न जादा ५० वर्षिय सुमित्रा गिरी र छोरी २८ वर्षिय टोप मायां गिरी लाई बाघंले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाईते मध्ये आमा सुमित्राको अवस्था गम्भिर रहेको छ । घाईते दुबैको स्थानीय मध्यविन्दु सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर पठाईएको छ । पछिल्लो केही महिना यता जिल्लामा बाघंको आक्रमण बढेको छ । मंसीर देखी अहिले सम्म बाघंको आक्रमण बाट ३ जनाको मृत्यु भईसकेको छ । नरभक्षी बाघंले लगातार आक्रमण गरेपनि आक्रमण गर्ने बाघंको खोजि नगर्दा सर्वसाधारणमा त्रास फैलिएको छ ।
तपाइँको प्रतिक्रिया