बाघको आक्रमणबाट चितवनको माडीका एक वृद्धको मृत्यु

भाद्र २६, चितवन
बाघको आक्रमणबाट चितवनको माडीका एक वृद्धको मृत्यु भएको छ ।
माडी नगरपालिका २ ढिकुनेका ६८ वर्षीय सुर्यनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
उनी शनिबार दिउँसो १ बजे २५ वर्षीय छोरा होमबहादुर अधिकारीसँगै स्थानीय मध्यवर्ती सामुदायिक वन अमलियामा भैंसी चराउन गएका थिए ।
छोरा होमबहादुरले बुवा सुर्यनाथलाई घर जानु भनी पठाएका थिए तर बेलुका छोरा घर पुग्दासम्म पनि बुवा नपुगेपछि स्थानीय र आफन्तले खोजी गरेका थिए ।
सोही क्रममा उनले लगाएको टोपी, चप्पल र बोकेको फेला परेको तथा बाटोमा रगतको टाटो देखिएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
खोज तलासको क्रममा आज बिहान ८ः ३० बजे सोही वनमा बाघले खाएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया