बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन, असोज १० |
चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट आईतवार एक ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका वडा नम्वर १० का रामवहादुर खत्रीको ज्यान गएको सामुदायिक वनका अध्यक्ष हिरावहादुर गुरुङले जानकारी दिए ।
घाँस काट्न गएका वेला उनलाई विहान ८ वजेतिर बाघले वनको सिमरेनी घाट नजिककै आक्रमण गरेको थियो । संगै घाँस काट्न गएकी एक महिलाले भने भागेर ज्यान जोगाएको गुरुङले वताए । मृतकको शव देखिएपनि बाघ संगै भएकाले निकाल्न सकिएको छैन ।
बाघ नियन्त्रणमा लिन १२ वटा हात्ती परिचालन गरिएको छ । यसअघि विहान ५ वटा हात्ती परिचालन गरिएपनि डराएपछि थप हात्ती परिचालन गरिएको वनका अध्यक्ष गुरुङले वताए ।
तपाइँको प्रतिक्रिया