बाघको आक्रमण घरि घरि

चैत्र-८, गैडाकोट, बिबेक भण्डारी । नवलपरासीको भेडाबारीमा बाघको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । गैडाकोेट ११ भेडावारी बस्ने बर्ष ६१ की पूर्णकली अधिकारीको बाघको आक्रमण बाट मृत्य भएको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ । मंगलवार बिहान ९ बजेको समयमा भेडावारी सामुदायीक बनमा घास दाउराको लागि जंगल गएकी अधिकारीको बाघको आक्रमणबाट घटना स्थमा नै मृत्यु भएको हो । स्थानियले अधिकारीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
तपाइँको प्रतिक्रिया