बाघ नियन्त्रणका लागि विज्ञ टोलि चोरमाराको अम्रसामा

अस्मीता भण्डारी चोरमारा ९ , नवलपरासीको मध्यविन्दु नगरपालिका स्थीत चोरमारा अम्रसामा गएको ४ गते बाघको आक्रमण संगै त्यस क्षेत्रमा बाघको आतकं भैलिए पछि स्थानिय बासि त्रसित भएका छन । मध्यविन्दुनगरपालिका अम्रसा संगै चोरमारा भित्रि बस्तीहरुमा पनि आतकं मच्याउन सक्ने भन्दै स्थानियले निकुञ्जलाई बाघ नियन्त्रणमा लिन आग्रह गरे पछि निकुञ्ज , वनका प्रमुख लगायतले बाघले आतकं पु¥याएको स्थानको निरिक्षण तथा बाघ कसरी नियन्त्रणमा लिने भन्ने छलफल भएको छ । मंगलवार त्यस क्षेत्रमा चितवन राष्टिय निकुञ्ज सौराहको एन टी एन सीका टोली , अमलटाडी सेक्टर वनका टोलि र अरुणखोल सेक्टर वन कार्यलय प्रमुख अरुण मिश्र , जिल्ला वन कार्यलय अधिकृत विजयराज सुवेदी र स्थानियको रोहवरमा त्यस क्षेत्रमा रहेको बाघ तथा चितुवा केहो भन्ने विषयमा पनि खोज तलास भइरहेको वरिष्ट वन्यजन्तु प्रविधिक राष्टिय प्रकृति संरक्षण कोषका विष्णुबहादुर लामाले वताउनुभयो । उहाले पहिले त बाघ अथवा चितुवा के हो त्यसको पहिचान पश्चात त्यसलाई कसरी नियन्त्रणमा लिने भन्ने कुराको निणय गर्ने जानकारी दिनुभयो । करिव १ हप्ता अगाडि देखि त्यस क्षेत्रका स्थानियहरु बाघको श्रासले बेलुका भरबाहिर निस्कन पनि समस्या हुदै आएको वताएका छन ।
तपाइँको प्रतिक्रिया