बाढीले नवलपरासी र तनहू जोड्ने निर्माणाधिन पुल बगायो

रामकुमार श्रेष्ठ
नवलपरासी, १८ असार । कालीगण्डकी नदीमा आएको बगाएको छ ।शुक्रबार विहान नदीमा पानीको बहाव बढेर आउंदा निर्माणाधिन पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय डेढगाउंका प्रहरी नावय निरीक्षक खेम वि.सी.ले बताए । तीन दिन देखि लगातार आएको पानीले नदीमो आएको बाढीको कारण कालीगण्डकी डेढगाउं पुल बगाएको हो ।
स्थानीय बासिन्दाले ठेकेदारले बेलामा काम नसक्दा नदीले पुलको आधा भाग बगाएको जनाएको छ ।बाढीले नवलपरासीतर्फको भाग बगाएको छ । बन्दै गरेको अवस्थाको उक्त पुल ३ भागको लगभग एक भाग बगाइदिएको प्रहरी नावय निरीक्षक खेम वि.सी.ले बताए ।
उक्त क्षेत्रमा नदी वारपार गर्नका लागि अहिले झलुड्डे पुलको साहारामा स्थानीयले नदी पार गर्ने गर्दछन् ।
तपाइँको प्रतिक्रिया