बाढीले पूर्वीनवलपरासीमा दुई पुल बगायो

गैँडाकोट, ३ असार ।
तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले पूर्वीनवलपरासीको बौदिकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाएको छ । बौदीकाली गाउँपालिका– १ मा निर्माणाधीन पक्की पुल बगाएको छ । त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको वडा नं. २ का अध्यक्ष बालप्रसाद ठाडाले जानकारी दिनु भयो ।
गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा वडा नम्बर १ मा पुल निर्माण भइरहेको थियो । ढलानको काम मात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिनु भएको छ ।
स्थानीयहरूलाई सहजरूपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो । पुल बगाएपछि सदरमुकामसँगको सीधा आवतजावत टुटेको छ । त्यसैगरी गाउँपालिकाको वडा नम्बर २ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ । यो पुल हुँदै स्थानीयहरु भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए ।
तपाइँको प्रतिक्रिया