बाढीले बगाएर एकसिँगे गैंडा भारत पुर्यायो, नेपाल ल्याउने तयारी

प्रकाश सिग्देल
साउन ३२, चितवन
बाढीले बगाएर नेपाल र भारतका विभिन्न ठाउँमा पुर्याएका दुर्लभ एकसिँगे गैँंडालाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याउनका लागि गृहकार्य थालिएको छ । हालसम्म पहिचान भएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंँडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकी नगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँंडा देखिएको छ। नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको सो गैंँडालाई ल्याउने प्रयास थालिएको उहाले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया