बाढीले माडीमा पुल बगायो, यातायात अवरुद्ध, ३० घर डुवानमा (फोटो फिचर)

राजेन्द्र आचार्य
चितवन २८, साउन ।
बाढीले माडीको चितै पुल बगाएपछि यातायात अवरुद्ध भएको छ । शुक्रबार साँझ देखि परेको झरी संगै आएको बाढीले पुल बगाएपछि सडक अवरुद्ध बनेको छ ।
बाढीले माडीको गटुवा ,बनकट्टा, कुन्तीपुर सन्तपुर लगाउतका ठाउँमा करिब ३० भन्दा बढि घर डुबानमा परेका छन् ।मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वडा न १,२, ४ र ६ नम्बर वडामा बाढीले क्षती पु¥याएको हो ।
यसैबीच अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख दिपक,माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल र जिल्ला खाने पानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालीग्राम पौडेल स्थलगत अवलोकनका लागि बाढी प्रभावित क्षेत्र माडी तर्फ लागेछन ।
स्थलगत अवलोकन पछि मात्र बाढी प्रभावितहरुका लागि तत्काल के सहयोग गर्न सकिन्छ भन्ने कुरा बताउन सकिने प्रमुख जिल्ला अधिकारी नारायण भट्टले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया