बाढी प्रभावीत राहतलाई सामाग्री बितरण

पुरुषोत्तम सुबेदी
नवलपरासी , १५ साउन । नवलपरासीमा बाढी प्रभाबीत करिब ६ सय घरपरिवारलाई जिल्ला दैबिक प्रकोप उद्धार समितीको पहलमा राहत सामाग्री बितरण गरिएको छ ।
गत साउन ६ गते आएको बाढीबाट पुर्णरुपमा प्रभाबीत भएका जिल्लाका बिभिन्न क्षेत्रका बाढी प्रभावीतहरु आवश्यकता अनुसार खाद्यन्न , लत्ताकपडा , टेण्ट लगायतकमा सामाग्री बितरण गरिएको हो । रामग्राम नगरपालीकाको समन्वयमा असल छिमेकी नेपाल लगायतका संघ संस्थाको सहयोगमा करिब ३ सय घर परिवारलाई खाद्यन्न लत्ताकपडा लगायतका राहत सामाग्री बितरण गरिएको रामग्राम नगरपालीकाका कार्यकारी अधिकृत रोशन ज्ञवालीले बताउनुभयो ।
जिल्लाका बिभिन्न क्षेत्रमा उद्योग बाणीज्य संघ , नेपाल रेडक्रस सोसाईटी , रामग्राम नगरपालीका , अन्य संघ संस्था संग सहकार्य गरी तत्कालै राहत सामाग्री बाढी प्रभाबीतहरु समुदायलाई बितरण गरिएको प्रमुख जिल्ला अधिकारी पन्थले बताउनुभयो ।
हालै आएको बाढी बाट नवलपरासीको बिशेष गरी रामग्राम , सुनवल नगरपालीका र ११ गाविसमा गरी करिब ८ सय घरपरिवार पुर्ण रुपमा प्रभाबीत भएको जिल्ला दैविक प्रकोप उद्धार समितीको तथ्याकं छ ।
तपाइँको प्रतिक्रिया