बादल र पाण्डेले गराए नेकपा चितवनको पहिलो संयुक्त भेला

गैँडाकोट, १६ जेष्ठ ।
नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति चितवनले पहिलो पटक दुई पार्टी विच एकिकरण भए पछि अगुवा कार्यकर्ता भेला गरेको छ ।
बुधवार पार्टीका सचिवालय सदस्य समेत रहनुभएका गृहमन्त्री राम बहादुर थापा बादलले जिल्लाका नेताहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दै यस पछिका समाजबादमा जाने कार्य सहज नभएको भन्दै सो कार्यमा सवै एकजुट हुन आग्रह गर्नु भएको हो ।
यस्तै पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले दुई नदि मिल्दा केही धिमिलो देखिए पनि केही पर गए पछि त्यसलाई छुटाउन नसक्ने बताउनु भएको छ । उहाँले अवका दिनमा जिल्ला सहित जनवर्गिय संगठनलाई मिलाएर विना भेदभाव, अगाडी जाने कार्य अधि वढीसकेको बताउनु भयो । भेलामा जिल्लामा साविकका दुवै पार्टीमा रहेको अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया