बाबुराम भट्टराईलाइ पुर्ब पिएलएको उपहार

माओवादी जनयुद्धका एक योजनाकार बाबुराम भट्टराईको राजीनामाले नेपाली माओवादीहरुलाइ बिक्षिप्त बनाइदिएको छ । आम नागरिकको भुमिकामा रहने उनको अभिव्यक्तिले के अब माओवादी आन्दोलनको अन्त्य भएको हो त ? भन्ने प्रश्नहरुका बिच माओवादी कार्यकर्ताहरु घेरिएका देखिन्छन । यसैबिच तत्कालीन नेकपा(माओवादी )को जनयुद्धमा सरिक भै जनमुक्ति सेनाको हैसियतले राज्यविरुद्ध समाननताको लडाइँ लडेका पुर्ब जनमुक्ति सेनाका सदस्यहरुले बाबुराम भट्टराईलाई भगौडा भएको आरोप लगाएकाछन । उनीहरुले आफुहरुलाइ उक्साइ मर्न पठाउनेहरु अहिले आरामले सुत्न खोजेको भन्दै ननस्टपखबरसङ्ग आक्रोस ब्यक्त गरेकाहुन ।पिएलएका एक सदस्य सुरेन्द्र पुरीले भने -” मेरो शरीरमा अझै ३ दर्जन गोलीका टुक्राहरु छन । म बाबुराम कामरेडलाइ त्यो बिदाइ उपहारस्वरूप लैजान अनुरोध गर्दछु।” त्यसरी नै निर्मल बोहरा,जीबन देबकोटा , युबराज तितुङ लगायतका सदस्यहरुले आफुहरुको उपहार स्वीकार गरेर मात्र बिदाइ हुन भट्टराईलाइ आग्रह गर्ने बताए।उनीहरुले आफ्ना शरीरमा भएका गोलीका छर्राहरुको माला पहिर्याएर बिदाइ गर्ने योजना रहेको सुनाए।उनीहरुले अहिले भारतीय हस्तक्षेपको मिलेर मुकाबिला गर्नु पर्ने समयमा त्यसैलाइ मलजल हुनेगरी पार्टीलाइ कमजोर पार्नेगरी बाबुरामको राजीनामा आएकोले उनले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन। आफुहरुले आफनै आखा अगाडि ढलेका शहिदका सपना पुरा भएको देख्न चाहेको र त्यसलाई धोका दिने जोकोही नेताहरु आफ्नोलागी अपराधी बराबर हुनेकुरा उनीहरुले बताए। १७ हजारको ज्यान जाने गरि भएको माओवादी जनयुद्ध २०६३ को शान्ति सम्झौतासङ्गै सकिएको थियो। शान्ति प्रक्रिया सङगै पार्टी भित्र अंतरसंघर्षको अशान्ति मच्चिएपछि पटकपटक पार्टी फुट नजिक पुगेको थियो। जनमुक्ति सेनाको ब्यापक दबाब र फुटेमा आफ्नो हतियार नेतातिरै सोझिने चेतावनीले माओबादीलाइ फुट्नबाट बचाएको थियो। सेना विघटनसङ्गै पहिलो संविधानसभाको अन्त्य हुदा मोहन बैधको नेतृत्वमा माओवादी टुक्रियो भने अहिले दोस्रो संविधान सभाको अन्त्यसङ्गै बाबुराम भट्टराईले पार्टी परित्याग गरेकाछन।
तपाइँको प्रतिक्रिया