बारामा घाँटी रेटेर दुई बालकको हत्या

वीरगञ्ज, ४ जेठ ।
बाराको कलैयामा दुईजना बालकको हत्या भएको छ । उनिहरुको शव घाँटी रेटिएको अवस्थामा शव फेला परे पछि हत्या भएको खुलेको हो । स्थानीय ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान भेटिएको बारा प्रहरीले जनाएको हो ।
कलैया उपमहानगरपालिका ७ रंगपुर स्थित मदरसा सल्फिया कन्जुल उलुममा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनु भयो ।
सोमबार बलुका ७ बजे दुवैजना सँगै घरबाट निस्किएका र बिहान घाँटी रेटिएको अवस्थामा शव भेटिएको मिश्रले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भैरहेको छ । हत्या गरिएका दुवैजना सहोदर दाजुभाइ हुन ।
तपाइँको प्रतिक्रिया