बारीमा मकै बाटोमा व्यापार

सबिता तिवारी
गैंडाकोट जेष्ठ १५
केही युवक युवती पुर्व पश्चिम राजमार्गमा गाडीको अगाडी र पछाडी गर्दै दौडी रहेका थिए । हातमा झोला र झोलामा हरीया मकै बोकेर उनिहरु गाडीलाई पच्छ्याउदै थिए । यो हो गैंडाकोट वडा नम्बर ७ गैरीको दृश्य । हरेक दिन यी किसानको जिविका यसरी नै चली रहेको छ । उत्पादित मकैलाई उचीत मुल्यमा निर्यात गर्न नसक्दा किसानहरु हाइवोमा नै व्यपार व्यवसाय सुरु गरेका छन् । दिनमा हजारौंको संख्यामा आएका सवारी साधनको वरी परी दौडीदै गर्दा दुर्घटनाको जोखीम पनि उत्तीकै देखीन्छ ।
व्यवस्तिथ रुपमा नवसी मकै बेच्दा किन्नेको र बेच्नेको भिडले हाइवे अझै व्यस्त भएको छ । यसलाई व्यवस्थापन गर्न आवश्यक रहेको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष चोलानाथ उपाध्यायले पनि आफुले स्थानियलाई व्यवस्तििथि रुपमा बसेर व्यवसाय गर्न भनी पहल गर्दा केही स्थानियले नमानेर हाइवेयमा नै ओहोर देहोर गरी मकै बेच्ने गरेको बताउनु भयो । आफ्नो पहल पछि धेरै मात्रामा कम भए पनि केहीले अटेर गरेरको उहाँ बताउनु हुन्छ । व्यवस्थित हुन आग्रह गर्दा नमानेका स्थानियहरुलाई पनि छिट्टै व्यवस्तिथ ठाँउमा व्यवस्थापन गर्ने उहाँले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटले पनि हाइवेयमा अव्यवस्थित रुपमा व्यपार व्यवसाय गर्दा सडक दुर्घटना बड्ने हुदाँ व्यवस्थित रुपमा व्यपार गर्न पटक पटक स्थानियलाई आग्रह गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक लोक बहादुर जि.सिले बताउनु भयो । उहाँले व्यवस्थापनको काम नगरपालिकाले गर्नु पर्ने र सहयोग आवश्यक परेको खण्डमा प्रहरीले पुर्ण सहयोग गर्ने बताउनु भयो । उत्पादित बस्तुलाई उचीत मुल्यमा बेच्नु हरेक किशानको उपेक्षा हुन्छ । तर बाटोमा नै बसेर व्यापार व्यवसाय गर्नु कत्तीको उपयुक्त हो ? यसमा सम्बन्धीत निकायको ध्यान जान आवश्यक देखीन्छ ।
तपाइँको प्रतिक्रिया