बालबिकास सहजकर्ताहरुको लागी मध्यविन्दु नगरपालिकामा शौक्षिक साम्रगी निमाण तथा प्रयोग सम्बन्धी ४ दिने तालीम सुरु

नवलपुर १५ , मसिंर
मध्यविन्दु नगरपालिकामा बालबिकास सहजकर्ताहरुको लागी शौक्षिक साम्रगी निमाण तथा प्रयोग सम्बन्धी ४ दिने तालीम सुरु भएको छ । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकामा बिहिबार बाट तालिम सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले समयको क्रमसगैँ शिक्षामा समेत परिवर्तन भएको बताउनुभयो । उँहाले मध्यविन्दु नगरपालिकाको पहिलो प्राथमिकतानै शिक्षाको क्षेत्रमा विकास भएकाले नगरपालिकाले विभीन्न काम गरेको बताउनुभयो । नगरप्रमुख अधिकारीले हरेक शिक्षक शिक्षीका , अभिभावक लगाएत सबैले बालबालबालिकाको साथी बन्ने र उनिहरुको मनोभाव पहिल्याउन सक्नुपर्र्ने कुरालाई जोड दिनुभएको थियो ।
मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत ज्ञान प्रसाद पनेरुले बालबालिकालाई काचोँ माटोको संज्ञा दिनुभएको थियो । बालबालिकाको आचरण बानीव्यवहार कलिलै उमेरबाटनै सुद्धृण गर्नुपर्ने उँहाको भनाई थियो । विगतको समयको तुलना र अहिलेको शिक्षा नितीमा धरातलिय परिवर्तन भएको भन्दै मन्टेश्वरी कक्षाबाटै बालबालिकालाई सहि मार्गदेखाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।
बालबिकास सहजकर्ताहरुको लागी शौक्षिक साम्रगी निर्माण तथा प्रयोग सम्बन्धी ४ दिने तालीममा फिनीक्स मन्टेश्वरी टे्रनिङ्ङ सेन्टर लगनखेल ललितपुरका संस्थापक रिता घिमीरे तिम्लसिना र किन्डरजोय मन्टेश्वरी स्कुल टीकाथली ललितपुर का प्रिन्सीपल रीता आचार्य ले प्रशिक्षण प्रदान गर्नुहुनेछ ।
४ दिनको तालिममा मध्यविन्दु नगरपालिकाका सामुदायिक एव्म संस्थागत विद्यालका बालबिकास सहजकर्ताहरुलाई तालिम प्रदान गरीने मध्यविन्दु युवा खेलकुद तथा शिक्षा शाखाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया