बालमैत्री वडा बनाउन, गैंडाकोट वडा नं. १ मा एक दिने गोष्ठी

गैंडाकोट, १९ माघ ।
बालमैत्री वडा बनाउने अभियानमा लागेको गैंडाकोट वडा नं. १ मा एक दिने गोष्ठी सम्पन्न गरिएको छ । बालमैत्री स्थानीय शासन वडा समिति गैंडाकोट १ को आयोजनामा सरोकारवालाको पूर्ण सहाभागितामा बालबालिकाहरुको लागि योजना र बालमैत्री वडा घोषणा पश्चातको निरन्तरता सम्बन्धि योजना निर्माणका लागी गोष्ठी आयोजना गरिएको गैंडाकोट वडा नंं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं नगरपालिकाका उप प्रमुख विष्णुकुमारी कंडेलले वडालाई बालमैत्री वडा बनाउनु राम्रो कार्य भएपनि घोषणा गर्न मात्र आत्तिनी भन्दा प्रकृयागत तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नगरपालिका भित्र यस अघि पनि विभिन्न खाले घोषणा गर्न आत्तिएको प्रसंगको स्मरण गर्दै उहाँले हतारमा घोषणा गरि फुर्सदमा पछुताउनु भन्दा सबै प्रकृया पुरा गरि गतिविधिलाई व्यबस्थित रुपमा अघि बढाउन सुझाब दिनुभएको थियो ।
तपाइँको प्रतिक्रिया